डा. अमरेशकुमार सिंह ।
गोडैता, २३ फागुन – सर्लाहीको क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले अग्रता थप बढाउँदै लगेका छन् ।
आज बिहान ७ बजेको मतपरिणाम अनुसार सिंह नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भन्दा चार हजार ४३१ मतले अगाडि छन् । रास्वपाका सिंहले ११ हजार ३८३ मतसहित अग्रता लिँदा कांग्रेसका थापाले छ हजार ९५२ मत प्राप्त गरेका छन् ।
अस्ती बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही ४ मा ७७ हजार ९३१ मत खसेको थियो ।
सर्लाही ४ बाट डा. अमरेशकुमार सिंह यसअघि लगातार तीन पटक निर्वाचित भइसकेका छन् ।