हरिवन, २२ फागुन – सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवारले अग्रता लिएका छन् ।
साह एक हजार ९३४ मतसहित अगाडि रहँदा नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ३६६, नेकपा एमालेका हरिप्रसाद उप्रेतीले १६६ र नेपाली कांग्रेसका विनोदकुमार खनालले १३७ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. ३ मा ८२ हजार २७२ मत खसेको छ ।