मलंगवा, २२ फागुन – सर्लाही क्षेत्र नं. २ को मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार बिहान १० बजेदेखि मतगणना सुरु भएको हो । बिहानैदेखि मतगणना सुरु गर्ने भनिए पनि दलका प्रतिनिध आउन ढिला गरेकाले बल्ल सुरु भएको हो ।
मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा मतगणना सुरु भएको हो । सर्लाही २ मा एक लाख २५ हजार ३११ मतदातामध्ये ७८ हजार २०२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्लाही २ बाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र राय यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन महतोलगायत प्रतिस्पर्धामा रहेका छन् ।