logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गगन र अमरेशको क्षेत्र सर्लाही ४ मा मतगणना सुरु


  • उज्यालो अभियान

गोडैता, २२ फागुन – सर्लाही क्षेत्र नं. ४ को मतगणना भर्खरै सुरु भएको छ ।

निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार बिहान १०ः२० बजेदेखि मतगणना सुरु भएको हो । बिहानैदेखि मतगणना सुरु गर्ने भनिए पनि दलका प्रतिनिध आउन ढिला गरेकाले बल्ल सुरु भएको हो ।
गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना सुरु भएको हो । सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहलगायत प्रतिस्पर्धामा छन् ।