मलंगवा, २१ फागुन – आज जारी रहेको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा मध्यान्ह १२ बजेसम्म आठ प्रतिसत मत खसेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको निर्वाचन शेलका अनुसार मध्यान्ह १२ बजेसम्म जिल्लाभर २१ हजार ८९१ पुरुष, २० हजार २७० महिला र अन्य दुई जना गरी ४२ हजार १६३ जनाले मतदान गरेका हुन् । सर्लाही जिल्लाभर पाँच लाख ११ हजार ६०६ मतदाता रहेका छन् ।
अधिकांश मतदाता खाना आएपछि धमाधम मतदान केन्द्रमा पुग्न थालेकाले अब दिउँसेबाट खसेको मतको प्रतिसत बढ्ने मतदान अधिकृतहरुले बताएका छन् । साँझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मत खसाल्न पाउने छन् ।
सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार जिल्लाको ६२८ वटै मतदान केन्द्रमा मतदान जारी रहेको छ ।