मलंगवा, १९ फागुन – पर्सी हुने चुनावका लागि सर्लाहीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पार्न थालिएको छ ।
निर्वाचनलाई लक्षित गरी गएराति १२ बजेदेखि सर्लाहीमा नेपाल–भारत सीमा नाकासमेत बन्द गरिसकिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी गएराति १२ बजेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्मका लागि नेपाल–भारत सीमा नाका शील गरी आवतजावत पूर्णरुपमा बन्द गरिएको जानकारी दिए ।
बोर्डरबाट अब तीन दिनसम्म बिरामी बोकेका एम्बुलेन्सबाहेक मानिस तथा अन्य सवारी साधन आउजाउ गर्न पाउने छैनन् । सीमामा नेपालतर्फ र भारतीय सुरक्षाकर्मीले समेत कडाई गरिरहेका छन् ।