logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी, हरिवन र बागमतीमा आज बिदा


  • उज्यालो अभियान

लालबन्दी, १५ फागुन – ४४ औँ राष्ट्रिय मगर दिवस एवं मगर स्थापना दिवसको अवसरमा सर्लाहीका तीन पालिकाले आज बिदा दिएका छन् ।

मगर बहुल्य रहेको लालबन्दी, बागमती र हरिवन नगरपालिकाले आज एक दिनका लागि आ–आफ्नो पालिकाभित्र स्थानीय बिदा दिएका हुन् । लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी र बागमती नगरपालिकाका प्रमुख कृष्णकुमार लामाले साँस्कृतिक पहिचानको संरक्षण तथा आपसी सद्भाव र एकताको भावना अझ सुदृढ बनाओस् भन्ने कामनासहित मगर स्थापना दिवसको अवसरमा बिदा दिइएको उल्लेख गरेका छन् ।

नेपाल मगर संघको माग अनुसार लालबन्दी, बागमती र हरिवन नगरपालिकाले स्थानीय बिदा दिँदै आज वडा कार्यालय, नगरपालिका, विद्यालय, स्वास्थ्य संस्था र मातहतका अन्य कार्यालय बन्द रहने जनाएका छन् ।

नेपाल मगर संघ सर्लाहीको आयोजनामा हरिवनमा मगर स्थापना दिवस मनाउँदै छ ।