logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एसबीआई बैंकद्वारा शैक्षिक सामग्री वितरण


  • उज्यालो अभियान

बैंकले दिएको झोला बोकेका विद्यार्थीहरु । (तस्बिर सौजन्य : नेपाल एसबीआई बैंक हरिवन)

हरिवन, १४ फागुन – नेपाल एसबीआई बैंक हरिवनले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामग्री वितरण गरेको छ ।

हरिवन नगरपालिका-९, दनुवारीस्थित श्री जनता प्राविमा अध्यनरत विद्यार्थीहरुलाई स्कूल ब्याग, पेन्सील, कपी, तुलबक्स लगायत शैक्षिक सामग्री एवं विद्यालयलाई खेलकुद सामग्री वितरण गरिएको बैंकले जनाएको छ । विहिबार बिहान विद्यालयमा आयोजित एक कार्यक्रमबीच एसबीआई बैंक हरिवनका प्रबन्धक चक्रप्रसाद ढुंगेललगायत कर्मचारीहरुले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत विद्यालयमा सहयोग गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा हरिवन नगरपालिका-९ का वडाध्यक्ष कोकिलानन्द उप्रेती, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक प्रसाद उप्रेती, विद्यालयका प्रधानाध्यापक एक कुमार मैनाली लगायतको उपस्थिति रहेको थियो ।