logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अन्तर प्रदेशस्तरीय भलिबलको उपाधि महोत्तरीले जित्यो


  • उज्यालो अभियान

चिताइन, ०९ फागुन – अन्तर प्रदेशस्तरीय चौंथो मेयरकप भलिबल प्रतियोगिताको उपाधि महोत्तरीको भंगाहा नगरपालिकास्थित करुणा गाउँले हात पारेको छ ।

सर्लाहीको हरिपुर नगरपालिका-७, चिताइनमा सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फको फाइनल खेलमा बर्दिवासस्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीलाई तीन-शुन्य को सोझो सेटमा पराजित गर्दै करुणा गाउँले उपाधि जितेको हो । ‘वेष्ट अप फाइभ’ खेलमा करुणाले एपिएफलाई लगातार तीन सेटमै पराजित गर्यो ।

जितसँगै करुणाले प्रतियोगिताको ट्रफी र नगद एक लाख पाँच हजार रुपियाँ प्राप्त गरेको छ । उपबिजेताले एपिएफ भने ५५ हजार रुपियाँमा चित्त बुझाउन बाध्य भयो ।

महिला भलिबलतर्फको उपाधि भने आयोजक लक्ष्मीनाथ यूवा क्लब चिताइनले नै सुरक्षित गरेको छ ।

फाइनलमा ‘वेष्ट अप थ्री’ अन्तर्गतको खेलमा बारा जिल्लालाई दुई–शुन्यको सोझो सेटमा पराजित गर्दै महिला भलिबलको उपाधि आयोजकले आफ्नै पोल्टामा पारेको हो ।

बिजेता सर्लाहीले ट्रफीसहित नगद १५ हजार, उपबिजेता बाराले दस हजार र तेस्रो भएको सप्तरीले पाँच हजार रुपियाँ प्राप्त गरेको छ । महिलातर्फको ट्रफी, नगदसहित आयोजकलाई पाँच थान भलिबल र जर्सी ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यले प्रदान गरेका हुन् ।

प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, संविधान सभा सदस्य रामचन्द्र चौधरी, मधेश प्रदेशसभा सदस्य कौशलकिशोर राय, नगरप्रमुख गोपाल पजियार, ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्यलगायत भएर पुरस्कार वितरण गरेका छन् ।