logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस सभापति गगन थापा पुनः आजबाट मतदातासँग भेटघाट गर्दै


  • उज्यालो अभियान

गोडैता, ०८ फागुन – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आज (शुक्रबार) बाट पुनः आफूले उम्मेद्वारी दिएको सर्लाही क्षेत्र नं. ४ का मतदातासँग भेटघाट गर्दैछन् ।

सभापति थापाले शुक्रबार दिनभर गोडैता नगरपालिकाका विभिन्न गाउँका मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति एवं मधेश प्रदेश सभा सदस्य विरेन्द्रप्रसाद सिंहले जानकारी दिए । थापा यसअघि दुईपटक आफ्नो क्षेत्रमा आएर मतदातासँग भेटघाट एवं घरदैलो गरिसकेका छन् ।

गत फागुन ६ गते बुधबार जनकपुरमा प्रतिज्ञा सभा गरेर साँझ फर्किएका सभापति थापाले विहीबार काठमाडौंमा पार्टीले सार्वजनिक गरेको प्रतिज्ञा पत्रबारे प्रश्नोत्तर कार्यक्रममा सहभागि भएका थिए ।