(तस्बीर : सन्जु कर्ण)
हरिपुर, ०५ चिताइन – अन्तर प्रदेश चौंथो मेयरकप खुल्ला भलिबल प्रतियोगितामा आज कालिध्वज गण पाँचकुमारी ब्यारेक र धनुषा जिल्ला बिजयी भएका छन् ।
पहिलो खेलमा धनुषाले बिराटनगर भलिबल टिम र दोस्रो खेलमा नेपाली सेनाको कालिध्वज गणले मेची नगरपालिका झापालाई पराजित गरेका हुन् ।
कालिध्वज र धनुषाले २–० को सोझो सेटमा आजको खेल जितेका हुन् । लक्ष्मीनाथ यूवा क्लब चिताइनले हरिपुर नगरपालिका, हरिपुर नगरपालिका ७ नं. वडा कार्यालय र लक्ष्मीनाथ महादेव विकास समिति चिताइनको आर्थिक सहयोगमा अन्तर प्रदेश भलिबल प्रतियोगिता आयोजना गरेका हुन् ।
११ टिम सहभागी प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपबिजेताले ५५ हजार रुपियाँ प्राप्त गर्ने छन् । यस्तै महिलातर्फ पनि सर्लाहीसहित ५ वटा टिम सहभागी रहेका छन् ।
पुरुष तथा महिलातर्फको फाइनल खेल फागुन ८ गते आयोजना हुने छ ।