जिल्ला निर्वाचन कार्यालय सर्लाही ।
मलंगवा, ०२ फागुन – सर्लाहीको क्षेत्र नं. ४ मा आज विभिन्न राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता, २०८२ विपरीत राखेका प्रचार सामग्री हटाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत होमप्रसाद घिमिरे तथा प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुमगन अधिकृत पदम पौडेलसहितको टोलीले निर्वाचन आचारसंहिताको अनुगमन गरेको हो । अनुगमन टोलीले आचारसंहिता विपरीतका ब्यानर, तुल, झण्डालगायत हटाउने काम गरेको छ ।
यसअघि क्षेत्र नं. १, २ र ३ मा पनि यसैगरी अनुगमन गरी निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री हटाइएको थियो ।