logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बेला माविलाई राष्ट्रपति रनिङशिल्ड


  • उज्यालो अभियान

बयलवास, ०२ फागुन – ईश्वरपुर नगरपालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि ईश्वरपुर बेला रामनगर माध्यमिक विद्यालय मनहर्वाले जितेको छ ।

ईश्वरपुर ६ बयलवासस्थित नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा नौं स्वर्ण पदकसहित बेला मावि प्रथम भएको हो । यस्तै आठ स्वर्ण पदकसहित नारायण मावि बयलवास दोस्रो र पाँच स्वर्ण पदकसहित सागरनाथ माध्यमिक विद्यालय सागरनाथ तेस्रो भएका छन् ।

नगरभित्रका संस्थागत र सामुदायिक १३ वटा विद्यालयका विद्यार्थी सहभागी गराई दौड, जम्प, कबड्डी, सटपुट, रिले र ज्याब्लिङ थ्रो मा प्रतिस्पर्धा गराइएको नारायण माध्यमिक विद्यालयका शिक्षक नाथुराम चौधरीले जानकारी दिए ।

प्रतियोगिताको बिजेता विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा शिल्ड, मेडल तथा प्रमाण–पत्र वितरण गरिएको छ ।