logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उखुमा आगो लाग्यो


  • उज्यालो अभियान

फाइल तस्बिर

गोडैता, ०१ फागुन – गोडैता नगरपालिकास्थित किसानको खेतमा आगो लागेर उखु नष्ट भएको छ ।

विहिबार राती साँढे ८ बजे गोडैता नगरपालिका-३ मधुवनगोठस्थित उखुबारीमा आगो लाग्दा १५ हजार रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । गोडैता-३ निवासी ४० वर्षीय लालबाबु महतोको २ कठ्ठा तथा ३० वर्षीय शिवजी महतोको १ कठ्ठाको उखु जलेर नष्ट भएको प्रहरीले जनायो ।