logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उम्मेद्वारहरुलाई भूमि अधिकार मञ्चको ध्यानाकर्षण


  • उज्यालो अभियान

भूमि अधिकार मञ्चको कार्यक्रममा विभिन्न राजनैतिक दलका उम्मेद्वारहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती, ०१ फागुन – जिल्ला भुमि अधिकार मञ्च सर्लाहीले क्षेत्र नं. ३ का उम्मेद्वारहरुलाई ध्यानाकर्षण गराएको छ ।

बागमती नगरपालिका-१ स्थित भूमि घरमा विहिबार एक कार्यक्रमको आयोजना गरेर सर्लाही क्षेत्र नं. ३ मा उम्मेद्वारी दिएका मुख्य राजनैतिक दलका उम्मेद्वारहरुलाई भूमि अधिकारको बारेमा ध्यानाकर्षण गराईएको भूमि अधिकारकर्मी भवानी घिमिरेले जानकारी दिईन् । सर्लाही क्षेत्र नं. ३ का उम्मेद्वारहरु नेपाली कांग्रेसका विनोद खनाल, नेकपा एमालेका हरि उप्रेती, उज्यालो नेपाल पार्टीका त्रिभुवन सिँह महतो र जनमत पार्टीका सुनिल गुप्तालाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाईएको भूमि अधिकार मञ्चले जनाएको छ । कार्यक्रममा भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष मदन बहादुर विक, विभिन्न गाउँ संगठनबाट ६३ जना भुमिहिन सुकुम्बासी, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भूमिसम्बन्धी ६ बुँदे मागसहित उम्मेद्वारहरुलाई ध्यानाकर्षण गराईएको घिमिरेले जानकारी दिईन् ।