logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस सभापति गगन आज सर्लाही आउँदै


  • उज्यालो अभियान

फाइल तस्बिर

हरिवन, २६ माघ – नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज (सोमबार) सर्लाही आउँदै छन् । सर्लाही ४ नम्बर क्षेत्रमा उम्मेद्वारी दिएयता थापा दोस्रोपटक सर्लाही आउन लागेका हुन ।

सभापति थापा रातीसम्म सर्लाही आइपुग्ने नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । सभापति थापा अहिले बिहान काठमाडौंबाट हवाइजाहाजमार्फत विराटनगर जाने र त्यहाँबाट स्थलमार्ग हुँदै विभिन्न जिल्लाका कार्यक्रमहरुमा सहभागि हुने बताइएको छ ।

यसअघि माघ १२ गते सर्लाही आएका थापा १६ गते साँझ जनकपुर हुँदै काठमाडौं फर्किएका थिए । यसबीचमा सभापति थापा काठमाडौं, पोखरा लगायत विभिन्न ठाउँका कार्यक्रमहरुमा सम्बोधन गर्न पुगेका थिए ।