logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा बाक्लो हुस्सु, कुहिरो


  • उज्यालो अभियान

लालबन्दी, २१ माघ – सर्लाहीमा आज पुनः बिहानैदेखि बाक्लो मात्रामा हुस्सु, कुहिरो लागेको छ ।

जिल्लाको सबैजसो भेगमा हुस्सु, कुहिरो लागेर ढाकेको स्थानीयले बताएका छन् । चुरेवर्ती क्षेत्रमा समेत बिहानपख बाक्लो हुस्सु लागे पनि अहिले भने विस्तारै हुस्सु हटेर घाम लाग्न थालिसकेको स्थानीयको भनाइ छ ।

तर पूर्वपश्चिम राजमार्ग क्षेत्रको लालबन्दी, हरिवन, बागमती, दक्षिणी भेगको हरिपुर, कविलासी, मलंगवा, गोडैता, बलरा, बरहथवा, हरिपुर्वालगायत क्षेत्रमा भने १०० मिटर अगाडिको दृश्यसमेत नदेखिने गरी बाक्लो मात्रामा हुस्सु लागेको हो ।

सर्लाहीसहित तराई मधेश क्षेत्रमा बिहान–बेलुका र रातको समयमा चिसो भएपनि दिउँसोपख गर्मी चढ्न थालिसकेको छ ।