logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम लालबन्दी मेयर गोल्डकप : सप्तरी सेमिफाइनलमा प्रवेश


  • उज्यालो अभियान

नवलपुर, २० माघ – न्यू त्रियूगा स्पोर्टस क्लब सप्तरी, प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा भरतपुर फुटबल क्लब चितवनलाई टाइबे्रकरमा ५–४ ले पराजित गर्दै सप्तरी सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट ३-३ गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत खेलको नतिजा निकालिएको आयोजक जीवेश्वर यूवा क्लब नवलपुरले जनाएको छ ।

टिमलाई सेमिफाइनलमा पुर्याउन टाइबे्रकरमा भरतपुरको एउटा प्रहार रोक्न सफल सप्तरीका गोलरक्षक एवं कप्तान सन्दिप भट्टराई म्यान अफ द म्याच बनेका छन् । उनले नगद २ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा भोली दोस्रो सेमिफाइनल खेलमा धनुषा ११ र वीरगन्ज युनाइटेडले प्रतिस्पर्धा गर्ने छन् । जीवेश्वर यूवा क्लब नवलपुरले नवनिर्मित नवलपुर रंगशालामा लालबन्दी नगरपालिकाको मुख्य प्रायोजनमा फुटबल प्रतियोगिता गराइरहेको हो ।

बिजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने छ ।