नवलपुर, १६ माघ – प्रथम लालबन्दी मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्टस क्लब, सप्तरीले विजयी शुरुवात गरेको छ ।
आज भएको उद्घाटन खेलमा न्यु त्रियुगाले नेपाल खेलकुद क्लब, रौतहटलाई ३–० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । न्यु त्रियुगाको जितमा सुनिल सिंहले दुई गोल गर्दा थप एक गोल अभिषेक चौधरीले गरे । खेलको म्यान अफ दि म्याच पनि न्यु त्रियुगाका दुई गोलकर्ता सुनिल सिंह चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ १७ गते शनिबारको खेल धनुषा–११, धनुषाधाम र रतनपुर युनाइटेड युथ क्लब, बाराबीच हुने आयोजकले जानकारी दियो । माघ २७ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार प्राप्त गर्ने आयोजक जीवेश्वर यूवा क्लबले जनाएको छ ।
प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।