logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा आज घाम लाग्न सकेन, कठ्यांग्रिदो चिसोले जनजीवन प्रभावित


  • उज्यालो अभियान

चिसो छल्न घुर (आगो) बालेर ताप्दै गरेका बालबालिका । (तस्बिर : रितिक यादव/उज्यालो अभियान)

लालबन्दी, १६ माघ – सर्लाहीमा आज घाम लाग्न सकेको छैन् ।

यहाँ बिहानैदेखि बाक्लो मात्रामा हुस्सु लागेर स्याँठ चलिरहेकाले स्थानीयले ठिर्याउँदो चिसो महसुस गरिरहेका छन् । यसअघि दिउँसोपख चर्को घाम लागेर गर्मी चढिसकेको भएपनि आज भने एक्कासी पुनः मौसम बदली भएर कठ्यांग्रिदो जाडो भइरहेको हो ।

चिसोका कारण मानिसँगै वस्तुभाउ र पन्छीसमेत प्रभावित बनेका छन् ।

मौसम प्रतिकूल बन्दा अत्यावश्यक काम परेर विभिन्न ठाउँमा पुग्नुपर्नेहरुलाई समस्या परेको छ ।