नवलपुर, ११ माघ – आज दिउँसो पाइल्सको अप्रेसन गर्ने क्रममा नवलपुरमा पुनर्वासकी एक युवतीको मृत्यु भएको मोहन आयुर्वेद औषधालय अवैध रहेको पाइएको छ ।
लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले उक्त औषधालयले संचालनका लागि नगरपालिकाबाट कुनै अनुमति नलिएको उज्यालो अभियानसँग बताए । उक्त औषधालयमा उपचारका लागि ल्याइएको पुनर्वासकी १८ वर्षीया हंसु पासवानको दिउँसो मृत्यु भएको हो ।
लालबन्दी २ का वडाध्यक्ष किरणकुमार पासवानले यस्ता अवैध स्वास्थ्य संस्थाले मानिसको अकालमै ज्यान लिइरहेको बताए । उनले अवैध स्वास्थ्य संस्था खोलेर लुट्ने काम भइरहेको उज्यालोसँग बताए ।
याेपनि पढ्नाेस
अपटेड : युवतीको मृत्यु, नवलपुरको चक्काजाम भने खुल्यो