logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेपाल हृृदय रोग प्रतिष्ठान सर्लाही शाखा उत्कृष्ट, ५० हजार नगदसहित सम्मान


  • उज्यालो अभियान

लालबन्दी, १० माघ – देशभरमा नेपाल हृृदय रोग निवारण प्रतिष्ठान सर्लाही शाखा उत्कृष्ट बन्न सफल भएको छ ।

पोखरामा जारी प्रतिष्ठानको ३४ औँ केन्द्रीय सभामा सर्लाही शाखालाई उत्कृष्ट घोषणा गर्दै नगद ५० हजार राशीसहित सम्मान गरिएको हो । शाखाले संचालन गरेको गतिविधिलाई आधार मान्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको सभामा सहभागी भवानी कोइरालाले जानकारी दिईन् ।

सभामा सहभागी हुन पोखरा पुगेका नेपाल हृृदय रोग प्रतिष्ठान सर्लाही शाखाका अध्यक्ष शिवप्रसाद न्यौपाने, बाबुकाजी नुच्छे प्रधान, बिक्रम भण्डारी, भीम जर्गा मगर, भवानी कोइराला, सुशील थपलियालगायतले सम्मान पत्र ग्रहण गरेका छन् ।