बागमती, ०९ माघ – सर्लाहीको बागमतीमा हिजो नैन नेत्र स्मृति प्रतिष्ठानको आयोजनामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
ईश्वरपुर नगरपालिका ६ मा रहेको प्रतिष्ठानले हिजो बागमतीमा एक कार्यक्रमको आयोजना गरी समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्ति तथा बयोवृद्धहरुलाई सम्मान गरेको हो । प्रतिष्ठानका अध्यक्ष बेनीबहादुर कार्कीको अध्यक्षता तथा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कार्कीले प्रकाशित गरेका ‘मेरो नेपाल डायरी’ पुस्तकको विमोचनसमेत गरिएको छ ।
कार्कीले आफ्ना स्वर्गिय पिता नेत्रबहादुर कार्की र माता नैनमाया कार्कीको स्मृतिमा यस प्रकारको कार्यक्रम गर्दै आइरहेका छन् ।