घनश्याम बलम्पाकी/हरिवन, ०८ माघ – सर्लाहीको हरिवन नगरपालिका–३ स्थित श्री प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ ।
अभिभावकहरूको भेलाबाट गोमा कुमारी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएको हो । विद्यालय परिसरमा सम्पन्न अभिभावक भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
भेलामा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा नियमित पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ समिति चयन गरिएको विद्यालयका प्रधानाध्यापक हेम बहादुर बम्जनले बताएका छन् । सदस्यहरुमा शम्भु धनिकार,निलम कुमारी महरा,रीतादेवि राम,चन्द्री परियार,गर्व बहादुर थिङ,शिक्षक प्रतिनिधि उषा कुमारी साह,पदेन् सदस्य हरिवन वडा नम्बर ३ का वडाध्यक्ष दिपमान लोप्चन र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक हेम बहादुर बोम्जन रहेका छन् ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक तथा स्थानीय तहसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरीन । उनले गुणस्तरीय शिक्षा प्रदान गर्नु नै समितिको मुख्य प्राथमिकता हुने बताइन् ।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको प्रधानाध्यापक बम्जनले बताए ।