logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भरत तालमा मनाइयो सोनाम ल्होसार


  • उज्यालो अभियान

बागमती, ०७ माघ – सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) परिसरमा हिजो सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ बागमती नगर समितिको आयोजनामा भरत ताल परिसरमा हर्षोउल्लासपूर्वक सोनाम ल्होसार कार्यक्रम गरिएको हो । कार्यक्रममा शुभकामना आदानप्रदानसहित राति अबेरसम्म विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिएको नेपाल तामाङ घेदुङ बागमती नगर समितिका अध्यक्ष रोशन तामाङले जानकारी दिए ।

कार्यक्रममा सर्लाहीसहित रौतहट, सिन्धुलीसहितका जिल्लाबाट मानिसहरु सहभागी भएका थिए ।