आँखा उपचार केन्द्रलाई गरिएको सहयोगबारे जानकारी दिन लायन्स क्लब्स इन्टरनेशनलले आयोजना गरेको प्रेस मिट । (तस्बीर : वुद्धबहादुुर विश्वकर्मा)
लालबन्दी, ०७ माघ – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगिलाल रायलगायत अहिले बिहान लालबन्दी आउँदै छन् ।
लालबन्दी ५ स्थित जरुवा पानीमा नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले संचालन गरिरहेको आँखा उपचार केन्द्रका लागि लायन्स क्लब्स इन्टरनेशनलले उपलब्ध गराएको २ करोड २० लाख बराबरको उपकरणहरु हस्तान्तरण कार्यक्रममाा मुख्यमन्त्री, स्वास्थ्य मन्त्री लगायत आउन लागेका हुन् ।
आफूहरु कार्यक्रमको सबै तयारी पूरा गरेर आमन्त्रित अतिथिहरुलाई स्वागतका लागि कुरिरहेको आयोजक क्लबका राजकुमार न्यौपानेले उज्यालो अभियानसँग बताए ।