logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस सभापति थापाको वारेसमार्फत उम्मेदवारी दर्ता, एक/दुई दिनमा जिल्ला आउने


  • उज्यालो अभियान

गोडैता, ०६ माघ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

दिउँसोसम्म नै टिकट वितरणमै ब्यस्त हुन परेपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहमार्फत थापाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

थापा एक/दुई दिनमै निर्वाचन क्षेत्रमा आएर मतदातासँग भेटघाट सुरु गर्ने पार्टीका प्रदेश उपसभापति सिंहले बताए । “उहाँ दिउँसो अबेरसम्म पनि आउने मुडमा हुनुहुन्थ्यो तर काठमाडौंका केही क्षेत्राको टिकट वितरणमा ढिलाई भएपछि आउन सक्नु भएन, त्यसैले वारेसनामा लिएर हामीले नै उम्मेदवारी दर्ता गराइदियौँ,” सिंहले उज्यालो अभियानसँग भने, “विहिबार क्षेत्र आएर मतदातासँग भेट्न सुरु गर्नुहुन्छ ।”

यो क्षेत्रबाट निवर्तमान प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट डा. रजनिस यादव, नेकपा एमालेबाट अमनिशकुमार यादव, जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादव, जनमत पार्टीका राकेशकुमार मिश्रलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।