हरिवन, ०६ फागुन – जेनजी आन्दोलनको क्रममा काठमाडौंबाट फरार भएका एक जना कैदीबन्दी सर्लाहीको हरिवनबाट पक्राउ परेका छन् ।
भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार भएका हरिवन नगरपालिका–८, बेताली बस्ने ३८ वर्षीय अमित भन्ने मिनबहादुर पौडेल पक्राउ परेका हुन् । पौडेललाई गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए ।
पौडेललाई अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकेको थियो । उनले आठ वर्ष छ महिना कैद भुक्तानीसमेत गरिसकेका छन् ।
हरिवन प्रहरीले यसअघि पनि जेनजी आन्दोलनमा कारागारबाट फरार हुन सफल केही कैदीबन्दीलाई पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।