logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा कांग्रेसबाट को–को उठ्ने भए चुनाव (नामसहित)


  • उज्यालो अभियान

मलंगवा, ०६ माघ – नेपाली कांग्रेसले सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।

अन्य पार्टीहरुको तुलनामा नेपाली कांग्रेसले ढिलो गरी गए राति मध्यरातमा उम्मेदवार टुंग्याएको हो । जस अनुसार कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्र नं. २ बाट कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार, क्षेत्र नं. ३ बाट पूर्व उपभासपति विनोदकुमार खनाल र क्षेत्र नं. ४ बाट निवर्तमान प्रदेशसभा सदस्य एवं मधेश कार्य कार्य समितिका उपसभापति वीरेन्द्रप्रसाद सिंहलाई टिकट दिएको छ ।

नेपाली कांग्रेसमा आकांक्षी धेरै हुँदा ढिलो गरी उम्मेदवार टुंगो लगाइएको हो । कार्यवाहक जिल्ला सभापति एवं क्षेत्र नं. २ का उम्मेदवार डा. सरोज कुमारले आफूहरु टिकट लिएर उम्मेदवारी दर्ताका लागि अहिले बिहान काठमाडौंबाट सर्लाहीतर्फ आइरहेको उज्यालो अभियानसँग बताए ।

कांग्रेस पार्टीका नेता, कार्यकर्ता दिउँसोपख उम्मेदवारी दर्ता गर्ने गरी तयारीमा जुटिरहेका छन् ।