logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही क्षेत्र नं. १ मा कांग्रेसबाट श्रेष्ठले टिकट पाउँदै


  • उज्यालो अभियान

लालबन्दी, ०५ माघ – नेपाली कांग्रेसले सर्लाही क्षेत्र नं. १ बाट शम्भुलाल श्रेष्ठलाई टिकट प्रदान गर्ने भएको छ ।

कांग्रेस उच्च स्रोतका अनुसार दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका श्रेष्ठलाई टिकट दिने निर्णय भएको छ । पूर्व राज्यमन्त्री समेत रहेका श्रेष्ठ टिकट लिनकै लागि अहिले रातिसम्म काठमाडौंमै छन् ।

क्षेत्र नं. १ बाट कांग्रेसमा रामचन्द्र चौधरी र चन्दा चौधरी पनि टिकटका प्रमुख दाबेदार थिए । तर अन्तिममा विशेष महाधिवेशनमा खुलेरै लागेका श्रेष्ठले टिकट हात पार्ने पक्कापक्की जस्तै भएको कांग्रेस स्रोतले जनाएको हो ।

श्रेष्ठले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा अब निवर्तमान सांसद एवं अहिले पुनः लोसपाबाट चुनाव लडेका रामप्रकाश चौधरी, एमालेका मनोजकुमार देवकोटा, नेकपाका प्रमोद साहलगायतसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाली कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले अहिले राति सामाजिक सन्जाल फेसबुकमा नेता श्रेष्ठको फोटो राख्दै भोली दिउँसो ३ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिने भएकाले आम नेता, कार्यकर्तालाई दिउँसो १ बजे लालबन्दी ९ बस्तीपुर चोकमा भेला भइदिन आग्रह गरिसकेका छन् ।

यस्तै कांग्रेस स्रोतका अनुसार सर्लाही क्षेत्र नं. २ बाट कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार, क्षेत्र नं. ३ बाट विनोदकुमार खनालले टिकट पाउने सम्भावना देखिएको छ । यसको आधिकारिक निर्णय तथा पुष्टी भने हुन बाँकी नै छ ।

क्षेत्र नं. ४ बारे पनि निर्णय हुन बाँकी नै रहेको छ ।