डा. अमरेशकुमार सिंह ।
बलरा, ०५ माघ – सर्लाहीको क्षेत्र नं. ४ का निवर्तमान सांसद डा. अमरेशकुमार सिंह आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै छन् ।
प्रदेश राजधानी जनकपुरमा आज आयोजित बृहत आमसभाको अवसर पारेर रास्वपाले सिंहलाई आफ्नो पार्टीमा प्रवेश गराउन लागेको हो । सिंहले आफू पार्टी प्रवेशका लागि हिजै काठमाडौंबाट जनकपुर पुगेको अहिले बिहान उज्यालो अभियानसँग बताए ।
उनी २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर बिजयी भएका थिए ।
सिंहले त्यसबेला नेपाली कांग्रेसका नागेन्द्र कुमारलाई पराजित गरेका थिए ।
सिंहलाई रास्वपाले क्षेत्र नं. ४ बाट टिकट दिने पक्कापक्की छ ।