लालबन्दी, ०२ माघ – सर्लाहीका मगर समुदायले आफ्नो प्रमुख पर्व मकर संक्रान्ति हिजो हर्षोउल्लास पूर्वक मनाएका छन् ।
नेपाल मगर संघ नगर कार्य समितिको आयोजनामा लालबन्दी नगरपालिका ९ बस्तीपुर र बरहथवा नगरपालिका २ हजरियामा शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रमलगायत कार्यक्रम गरी मगर समुदायले मकर संक्रान्ति पर्व हर्षोउल्लासपूर्वक मनाएका हुन् । बरहथवामा बयोवृद्ध समाजसेवी एवं संगीतकार अमर पुलामीको प्रमुख आतिथ्यतामा र लालबन्दीमा मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा मगर संक्रान्ति पर्व मनाइएको हो ।

सो अवसरमा दुवै स्थानमा झाँकी, र्याली, नाचगान, शुभकामना आदानप्रदानलगायतका कार्यक्रम गरिएको नेपाल मगर संघ मधेश प्रदेशका महासचिव तेजनारायण आले मगरले जानकारी दिए ।
