केन्द्रीय सदस्यमा चयन भएका शम्भुलाल श्रेष्ठ (माला लगाएका) र गगनकुमार थापा खेमाका अन्य नेताहरु ।
लालबन्दी, ०१ माघ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्लाहीका शम्भुलाल श्रेष्ठ केन्द्रीय सदस्यमा चयन भएका छन् ।
सभापति गगनकुमार थापाको नेतृत्वमा सर्वसम्मत गठन भएको कार्य समितिमा श्रेष्ठ पनि केन्द्रीय सदस्यमा चयन भएका हुन् । शेरबहादुर देउवा पक्षका नेता श्रेष्ठ विशेष महाधिवेशनमा भने गगनकुमार थापा समूहमा लागेका थिए ।
कांग्रेस सर्लाहीका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंह, उनका भाई तथा कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहलगायत नेताहरु पनि विशेष महाधिवेशनमा सक्रिय भएर लागिरहेका छन् । कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार, उनका बुवा तथा पूर्व जिल्ला सभापति नागेन्द्र कुमार भने शेरबहादुर देउवाको खेमामै अडिएका छन् ।
यसअघि पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह र नागेन्द्र कुमार शेरबहादुर देउवा खेममै थिए । विशेष महाधिवेशनपछि सिंह समूहको खेमा भने परिवर्तन भएको छ ।
यस्तै पूर्व जिल्ला सभापति लक्ष्मण रायको समूह भने शेखर कोइरालाको समूहमै रहेको छ ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सर्लाहीबाट ५० जना भन्दा महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका विशेष महाधिवेशन पक्षधरले दावी गरेको छ ।