logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम लालबन्दी मेयर गोल्डकप : उद्घाटन खेलमा रौतहट र सप्तरी भिड्ने


  • उज्यालो अभियान

नवलपुर, २८ पुस – माघ १६ गतेदेखि सुरु हुने प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रौतहट र सप्तरीले खेल्ने भएका छन् ।

आयोजक जीवेश्वर यूवा क्लबले आज प्रतियोगिताको तालिका (टाइ सिट) प्रकाशित गर्दै उद्घाटन खेलमा माघ १६ गते नेपाल खेलकुद क्लब रौतहट र न्यू त्रियुगा स्पोर्टस क्लब सप्तरीले खेल्ने जानकारी गराएको हो । प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने छ ।

प्रतियोगितामा सर्लाही जिल्लाबाट आयोजक जीवेश्वर यूवा क्लबसहित वीरगन्ज युनाइटेड पर्सा, रतनपुर युनाइटेड यूथ क्लब बारा, नेपाल खेलकुद क्लब रौतहट, ब्याङ्गखाडी यूवा क्लब महोत्तरी, धनुषा–११ धनुषा, गोलबजार स्पोट्र्स क्लब सिरहा र न्यू त्रियूगा स्पोट्र्स क्लब सप्तरीले सहभागिता जनाउने भएका छन् । त्यस्तै मधेश प्रदेशका यि आठ टिमबाहेक गाइघाट यूवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फूटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल सङ्घ हेटौंडाले समेत प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष दीपबहादुर बुढाथोकी (दीपेन्द्र) ले जानकारी दिए ।

लालबन्दी नगरपालिका मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको बिजेतालाई तीन लाख र उपबिजेतालाई एक लाख ५० हजार रुपियाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

लालबन्दी नगरपालिका १ स्थित नवलपुर फुटबल रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण खेल दिउँसो २ः३० बजेपछि खेलाइने आयोजक जीवेश्वर यूवा क्लबले जनाएको छ ।