logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको उत्तरी भेगमा बिहानैदेखि पारिलो घाम, दक्षिणी भेगमा बाक्लो हुस्सु


  • उज्यालो अभियान

लालबन्दी, २७ पुस – सर्लाहीको उत्तरी भेगमा आज बिहानैदेखि पारिलो घाम लागिरहेको छ ।

चुरेवर्ती क्षेत्र तथा पूर्वपश्चिम राजमार्गको लालबन्दी, हरिवन, बागमतीलगायत भेगमा बिहान उज्यालो हुँदादेखि नै चखिलो घाम लागिरहेको हो । तर सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने आज पनि अहिले बिहान बाक्लो मात्रामा हुस्सु, कुहिरो लागि नै रहेको स्थानीयले बताएका छन् ।

सर्लाहीको उत्तरी भेगमा प्रायः मौसम उघ्रिँदा दक्षिणी भेगमा बाक्लो मात्रामा हुस्सु, कुहिरो लागिरहेकै हुन्छ । सर्लाहीमा यसअघि हिजो पनि दिउँसोपख पारिलो घाम लागेको थियो । सर्लाहीसहित मधेश प्रदेशमा यस वर्ष पुस लागेदेखि नै एक/दुई दिन घाम लाग्नुबाहेक प्रायः हुस्सु, कुहिरो लागेर शितलहर चल्ने भइरहेको छ ।

सर्लाहीको उत्तरी भेगमा भने पुस लागेदेखि कै पहिलो पटक आज बिहानैदेखि पारिलो घाम लाग्दा न्यानो प्राप्त भएको हो ।