logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

वक्तृत्व कला प्रतियोगिता सम्पन्न


  • उज्यालो अभियान

हरिवन, २६ पुस – सर्लाहीको हरिवनमा आज विद्यार्थीबिच नगरस्तरीय माध्यमिक तह बक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।

२०४६ को जनआन्दोलनका योद्धा नारायण उप्रेतीको ३३ औ स्मृति दिवसको सन्दर्भमा ‘युवाको विद्रोह : हिजोका नारायण उप्रेती र आजका नवयुवा’ विषयक वक्तृत्व कला प्रतियोगिता गरिएको हो । नारायण उप्रेती स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा १७ विद्यालयका ३१ जना विद्यार्थी सहभागी रहेका विद्यार्थी नेता हिमाल घिमिरेले जानकारी दिए ।

वक्तृत्व कलामा विजयी हुने विद्यार्थीलाई आगामी पुष २९ गते हरिवनमा नै हुने नारायण स्मृति सभामा पुरस्कार प्रदान गरिने जनाइएको छ र विजेताको नाम पनि त्यही घोषणा गरिने आयोजकको भनाई छ । वक्तृत्व कला आयोजक समितीका संयोजक चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजकुमार उप्रेती, महासचिव विदुर प्याकुरेल, कोषाध्याक्ष राम प्रसाद घिमिरे, महादेव जनता माविका प्रधानाध्यापक गिरीराज राना लगायतले विषयवस्तु वारे प्रकाश पारेका थिए ।

लालवन्दीका शिक्षक पुष्प वहादुर श्रेष्ठ, केदार घिमिरे र गोविन्द आचार्य प्रतियोगिताको निर्णायक मण्डलमा रहेका थिए ।