घनश्याम बलम्पाकी/हरिपुर, २६ पुस – सर्लाहीको हरिपुर नगरपालिका ७ चिताइनमा रहेको लक्ष्मीनाथ चिताइन सामुदायिक वन उपभोक्ता समूहको आज १३ औँ साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।
वन समूहका अध्यक्ष रामपुजन चौधरीको अध्यक्षता तथा संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा चिताइनस्थित वन उपभोक्ता समूहकै प्राङ्गणमा साधारण सभाको उद्घाटन सत्र गरिएको हो । सभामा हरिपुर नगरपालिका ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, डिभिजन वन कार्यालय सर्लाहीका अधिकृत रामपुकार यादव, सवडिभिजन वन कार्यालय लालबन्दीका अधिकृत रत्नबहादुर विक, पूर्व इन्जिनियर रामप्रसाद चौधरीलगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभाबाट वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया पनि सुरु भएको छ । आज साँझ अबेर भएपछि नयाँ नेतृत्वमा रहने पदाधिकारी तथा सदस्य टुंगो लागउन सकिएन ।
अध्यक्षमा २÷३ जना आकांक्षी देखिएकाले पनि सहमती जुट्न समय लागेको वन समूहका सदस्यले बताएका छन् । नयाँ नेतृत्व चयनका लागि भोली बिहान ११ बजेपछि पुनः छलफलमा बस्ने सहमती भएको स्थानीय अगुवा चेतनारायण धामीले जानकारी दिए ।