लालबन्दी, २३ पुस – सर्लाहीमा आज फेरि बिहानैदेखि बाक्लो हुस्सु, कुहिरो लागेर शीतलहर चलिरहेको छ ।
कठ्यांग्रिदो किसिमले चिसो भइरहँदा जनजीवन प्रभावित बनेको छ ।
यसअघि यहाँ हिजो दिउँसोपख बाक्लो, हुस्सु कुहिरो हटेर धेरै दिनपछि पारिलो घाम लाग्दा स्थानीयले चिसोबाट केही घण्टा राहत पाएका थिए ।