logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जसपाका उम्मेदवार सिफारिस


  • उज्यालो अभियान

मलंगवा, २२ पुस – जनता समाजवादी पार्टी नेपाल सर्लाहीले फागुन २१ को निर्वाचनका लागि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

पार्टी जिल्ला कमिटीको बैठक बसेर चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष चुनाव लड्न इच्छा व्यक्त गरिएका उम्मेदवारको नाम सिफारिस गरेर पठाइएको जसपा नेपाल सर्लाहीका अध्यक्ष रणधीरकुमार यादवले जानकारी दिए । उनका अनुसार क्षेत्र नं. १ बाट सन्जयकुमार पासवान, रामविश्वास राय र सुधिरकुमार यादवको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २ बाट भने भरत चौधरीको एकल नाम सिफारिस भएको छ ।

त्यसैगरी क्षेत्र नं. ३ बाट मनोजकुमार यादव, रामपृत पासवान, डा. जयप्रकाश यादव र विनोद यादवको नाम सिफारिस भएको छ ।

त्यस्तै क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रको नाम सिफारिस भएको जसपा नेपाल सर्लाहीले जनाएको छ ।