logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सेवा प्रवाहलाई सहज बनाउन अन्तरक्रिया


  • उज्यालो अभियान

कविलासी, २२ पुस – जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज कविलासी नगरपालिकामा सेवा प्रवाह सम्वन्धमा सहजीकरण समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

नगरपालिकाको सभा हलमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा अन्तरक्रिया गरिएको हो । उक्त कार्यक्रममा वडा तथा नगरपालिकाबाट जिल्ला प्रशासन कार्यालयमा सरसिफारिस पठाउँदा सेवाग्राहीलाई सहज हुने काम कसरी गर्ने, के–के कामका लागि कुन–कुन कागजात पठाउनेलगायत विषयमा जिल्ला प्रशासन कार्यालयको टोली, पालिकाका जनप्रतिनिधि, कर्मचारीलगायतबिच अन्तरक्रिया गरिएको छ ।

त्यसैगरी शान्ति सुरक्षा, लागुऔषधको कारोवार र प्रयोगको रोकथाम तथा नियन्त्रणलगायत विषयमा पनि छलफल भएको छ ।

कार्यक्रममा कविलासी नगरपालिकाका नगरप्रमुख ब्रम्हदेव राय, उपप्रमुख पुनम कर्ण, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतोलगायतको उपस्थिति रहेको थियो ।