logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एमालेमा क्षेत्र नं. १ बाट देवकोटाको एकल नाम सिफारिस


  • उज्यालो अभियान

लालबन्दी, २० पुस – नेकपा एमालेले सर्लाहीको क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोजकुमार देवकोटाको एकल नाम सिफारिस गरेको छ ।

आज लालबन्दीस्थित मदनआश्रीत भवनमा सम्पन्न निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले क्षेत्र नं. १ बाट देवकोटा एक्लैको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । ईश्वरपुर नगरपालिका ३ भक्तिपुर निवासी देवकोटा ईश्वरपुर नगरपालिकाको पूर्व मेयर तथा नेकपा एमाले सर्लाहीको पूर्व जिल्ला अध्यक्षसमेत हुन् ।

योसँगै एमाले सर्लाहीले चारवटै निर्वाचन क्षेत्रबाट फागुन २१ को चुनाव लड्ने उम्मेदवारको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. ३ बाट निवर्तमान सांसद हरिप्रसाद उप्रेतीको एकल नाम सिफारिस भएको दावी पार्टीका जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेलले गरेका छन् भने क्षेत्र नं. २ र ४ बाट एक महिलासहित तीन जनाको नाम सिफारिस गरिएको छ ।