logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा भिज्ने गरी शीतलहर पर्दै


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिवन, २० पुस – सर्लाहीमा अहिले साँझबाट भिज्ने गरी शीतलहर सुरु हुँदा कठ्यांग्रिदो चिसोले जनजीवन कष्टकर बनेको छ ।

आज बिहान पनि अत्यधिक मात्रामा शीत झरेको थियो । दिनभर रोकिएकोमा बेलुकाबाट पुनः पानी छिट्याएको झैँ शीतलहर चल्न सुरु भएको हो ।

पैदलयात्री, साइकल, मोटरसाइकल चालक बाहिर निस्कँदा शीतलहरले भिजेका छन् । सर्लाहीमा आज पनि दिनभर घाम लाग्नै सकेन ।

घाम नलागेर निरन्तर चिसो हुँदा बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिसहित अन्य पनि चिसोजन्य संक्रमणको बिरामी पर्न थालेका छन् ।

दुई सातादेखिको शीतलहरले मानिससँगै बालीनाली, पशुचौपाय र पन्छीसमेत असाध्य प्रभावित बनिरहेका छन् ।