logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एमाले : क्षेत्र नं. २ र ४ बाट तीन/तीन जनाको नाम सिफारिस, १ नंं. को बैठक आज


  • उज्यालो अभियान

मलंगवा, २० पुस – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले सर्लाहीको क्षेत्र नं. २ र ४ बाट आज तीन/तीन जनाको नाम सिफारिस भएको छ ।

सदरमुकाम हिजो मलंगवामा बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ अक्षयलाल साह, धर्मेन्द्र राय र चाँदनी खातुनको नाम सिफारिस गरेको छ । त्यसैगरी बरहथवा नगरपालिका १५ पिप्राभित्तामा हिजो सम्पन्न क्षेत्र नं. ४ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ रामचरित्र सहनी, मोदन साह र आनन्दीकुमारी पोखरेलको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. ३ बाट शुक्रबार बैठक बसेर निवर्तमान सांसदसमेत रहेका हरिप्रसाद उप्रेतीको एकल नाम सर्वसम्मत सिफारिस भएको जिल्ला कमिटी उपाध्यक्ष विदुरकुमार प्याकुरेलले दावी गरेका छन् । तर एमालेका नेता कृष्ण दाहालले हरिप्रसाद उप्रेतीसहित आफ्नो नाम पनि क्षेत्र नंं. ३ बाट सिफारिस भएको दावी गरिरहेकै छन् ।

उम्मेदवार सिफारिसका लागि अब क्षेत्र नं. १ को बैठक आज (आइतबार) लालबन्दीमा बोलाइएको जिल्ला कमिटी उपाध्यक्ष प्याकुरेलले बताए ।