logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

वडाध्यक्ष मिकरानी ६० हजार धरौटी बुझाएर हिरासतमुक्त


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, १७ पुस – सर्लाहीको मलंगवा नगरपालिका ७ का वडाध्यक्ष मो. इशा मिकरानी ६० हजार धरौटीमा रिहा भएका छन् ।

नागरिकता सम्वन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय सर्लाहीले ६२ वर्षीय वडाध्यक्ष मिकरानीलाई आइतबार पक्राउ गरेको थियो । जिल्ला अदालत सर्लाहीले वडाध्यक्ष मिकरानीलाई ६० हजार धरौटी लिएर साधारण तारेखमा छाड्न आज आदेश दिएको हो ।

जिल्ला अदालतको आदेश अनुसार मिकरानीलाई आज साँझ नै हिरासतमुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले रामविश्वास राय भन्ने व्यक्तिलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको आरोपमा वडाध्यक्ष मिकरानीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई मंसिर ५ गते आदेश दिएको थियो ।