logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राष्ट्रिय टोपी दिवस मनाइयो


  • उज्यालो अभियान

हरिवन, १७ पुस १३ – औँ राष्ट्रिय टोपी दिवस आज सर्लाहीको हरिवनमा पनि मनाइएको छ ।

हरिवन ११ नं. वडा कार्यालयको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने मूल नारासहित वडा कार्यालयको सभाहलमा दिवस मनाइएको हो । मधेश सरकारका नवनियुक्त उर्जा, सिंचाई तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा सहभागी सम्पूर्णलाई ढाका टोपी लगाइदिएर राष्ट्रिय टोपी दिवस मनाइएको वडाध्यक्ष शेष महबुव रेजाले जानकारी दिए ।

नेपाली पहिचानको रुपमा रहेको ढाका टोपीलाई सबैमाझ स्थापित गर्न वर्सेनि यसरी राष्ट्रिय टोपी दिवस मनाउने गरिएको वडाध्यक्ष रेजाले बताए । उनका अनुसार दिवस मनाउन आयोजित कार्यक्रममा सहभागी सबैलाई ढाका टोपीसमेत वितरण गरिएको छ ।

राष्ट्रिय टोपी दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।