logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कौडेनामा घुम्ती अल्ट्रासाउण्ड सेवा सुरु


  • उज्यालो अभियान

कौडेना, १६ पुस – सर्लाहीको कौडेना गाउँपालिकाले आजदेखि घुम्ती अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ ।

लक्ष्मीपुर सुखचैना स्वास्थ्य चौकीबाट आज एक कार्यक्रमका बिच घुम्ती अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । उक्त सेवाको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दासले उद्घाटन गरेका हुन् ।

अब वडा नं. १ देखि ७ सम्म पालैपालो गरेर प्रत्येक स्वास्थ्य संस्थामा पुगी स्थानीय गर्भवतीहरुलाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिने कौडेना गाउँपालिका कार्यालयले जनाएको छ ।