logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शीतलहर प्रभावितलाई न्यानो प्रदान गर्न नेपाली सेनाद्वारा दाउरा वितरण


  • उज्यालो अभियान

नवलपुर, १५ पुस – नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकले आज पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीका विभिन्न स्थानमा शीतलहर प्रभावितलाई न्यानो प्रदान गर्न दाउरा वितरण गरेको छ ।

हाइवे क्षेत्रको बागमती, नयाँरोड, हरिवन र नवलपुरमा स्थानीय वासिन्दा तथा पैदलयात्रीलाई आगो ताप्नका लागि दाउरा वितरण गरिएको गणपति एवं प्रमुख सेनानी (कर्णेल) उमेश खड्काले जानकारी दिए । खड्काका अनुसार केही दिनदेखि बढ्दो चिसो र शीतलहरले जनजीवन कष्टकर बनेपछि चोक, बजारमा दाउरा झारेर आगो ताप्ने व्यवस्था मिलाइएको हो ।

चोक बजारमा रहेका स्थानीयहरुलाई चिसोबाट सुरक्षित रहन आग्रह गर्दै नेपाली सेना आफैले दाउरा खसालेर आगो बालिदिएको प्रमुख सेनानी खड्काको भनाइ छ ।