logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन जेसीजको अध्यक्षमा धमला चयन


  • उज्यालो अभियान

हरिवन, १४ पुस – हरिवन सिटी जेसीज वर्ष–२०२६ को अध्यक्षमा ईश्वर धमला चयन भएका छन् ।

संस्थाको पाँचौं वार्षिक साधारण सभाले धमलाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको कार्यकारिणी उपाध्यक्षमा कृष्ण फूँयाल र विवेक महत, उपाध्यक्षमा टार्जन थापा, अरुणकुमार साह, नवीन लामा र सूवर्णजंग थापा रहेका छन् ।

हरिवन सिटी जेसीजका संस्थापक अध्यक्ष विनोद महतको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा पूर्व अध्यक्षहरु राजेशप्रसाद चौधरी, निरज कार्कीलगायतको आतिथ्यता रहेको थियो ।