logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नागरिकता कसूरमा वडाध्यक्ष पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, १३ पुस – प्रहरीले सर्लाहीको मलङ्गवा नगरपालिका–७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आज पक्राउ गरेको छ ।

मिकरानीलाई नागरिकता सम्वन्धी कसूर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए । वडाध्यक्ष मिकरानीले रामविश्वास रायलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा अनुसन्धानका लागि प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको हो ।

मिकरानीविरुद्ध आज नै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताए ।

झुठो विवरणको आधारमा नागरिकता जारी भएको विषयमा वडाध्यक्ष मिकरानीको समेत संलग्नता रहेकाले पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएको बैशाख २२ गते नै निर्देशन दिएको थियो ।