logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जीप–टेम्पो व्यवसायी संघमा पुनः मैनाली


  • उज्यालो अभियान

लालबन्दी, १३ पुस – जनकपुर यातायात जीप–टेम्पो व्यवसायी संघको अध्यक्षमा पुनः राजकुमार मैनाली नै चयन भएका छन् ।

आज लालबन्दीमा सम्पन्न संघको २७ औँ वार्षिक साधारण सभा तथा रौतहट सर्लाही यातायात प्रा.लि. को सातौं वार्षिक साधारण सभाले जिल्लाकै पुराना यातायात व्यवसायी मैनालीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको हो । साधारण सभाले बाँकी पदाधिकारी र सदस्य चयन गर्ने जिम्मेवारी पनि मैनालीलाई नै प्रदान गरेको छ ।

मैनालीले १५ सदस्यीय कार्य समिति चयन गर्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक अशोककुमार साहको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारी, नेपाल यातायात राष्ट्रिय महासंघका सल्लाहकार कान्छामान बल, महासंघका मकवानपुर संयोजक ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतो, सर्लाही ट्रक व्यवसायी संघका सहसचिव रोशन भट्टराई, लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल), लालबन्दी ९ का निवर्तमान वडाध्यक्ष गोपाल घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।